<img src=’/images/numa_03.jpg’ alt=’n’ />
यहाँहरुलाई हार्दिक सुभकामना प्रकट गर्दछु ।




यहाँ क्लिक गर्नुहोस् गायिका मैसमी गुरुङ संग अन्तर्वार्ता गणेश लिम्बु
माओवादीद्वारा असहमतीः
अपडेट १५३३ हंस, आफूसंग परामर्श नगरी सातदले दरवारसंग सम्झौता गरेकोमा नेकपा माओवादीले असहमती जाहेर गरेको छ। शाही घोषणामार्फत संसद पुनर्स्थापन गर्ने राजाको निर्णयलाई नेकपा माओवादीले निरंकुश सत्ता बचाउने चालखेल हो भनी टिप्पनी गरेकोछ।
गिरिजाप्रसाद प्रधानमन्त्री बन्नेः
अपडेट १३३० हंस, सातदलको आज बिहान ७ बजेदेखि बसेको बैठकमा नेका सभापति गिराजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउंने सहमती कायम भएको छ।
कोइरालालाई एमाले महासचिव माधवकुमार नेपाल र नेका प्रजातान्त्रिक सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका थिए भने बाँकी ५ दलले समर्थन गरेका थिए।
काठमाडौ फेरि तनावग्रस्त
अपडेट २१५५ हंस, नागारिक समाजको आयोजनामा बिद्यार्थी नेता गगन थापा बोलिरहंदा घुसपैठ गरेका भिजिलान्तेले आक्रमण गरेपछि स्थिती तनावपूर्ण बनेको थियो। अहिले भिजिलान्ते घाइते अवस्थामा वीर अस्पतालमा छन्। आन्दोलनकारीले वीर अस्पताल घेरेकाछन्। आन्दोलकारीहरु राजदरवार तर्फ जादै गर्दा सुरक्षाकर्मीले अश्रु ग्याँस प्रहार गरेका छन्। केही घाइते भएका छन्।
काठमाडौं अप्रिल १६ -
सात दलले आम हडताललाई शनिबारदेखि प्रभावकारी रुपमा लागू गराउन आह्वान गरेपछि काठमाडौं पूरै ठप्प भयो। सडक पूरै सुनसान देखिएका थिए भने पसलहरु पनि खुलेका थिएनन्।
यसअघि चार दिनका लागि आम हडतालको घोषणा गरिएको भए पनि लक्ष्य प्राप्ति नभएसम्मका लागि अनिश्चितकालीन आम हडतालको आह्वान गरेका छन्।आम हडताललाई थुप्रै व्यवसायिक र पेशाकर्मीहरुले पनि समर्थन गरेका छन्।
यसैबीच चैतको अन्तिम सातादेखिको बन्दका कारण राजधानीमा अत्यावश्यक सामानको अभाव देखिन थालेको छ। हाल राजधानीमा पेट्रोलियम पदार्थ कतै पनि पाइँदैन। तरकारी र अन्य उपभोग्य सामानको भाउ पनि चुलिएको छ।
काठमाडौमा खसीको मासु एक किलोको नै ५ सय रुपैयाँ पुगिसकेको छ।
न्युयोर्क, न्युयोर्क र अमेरिकाभरी रहेका सबै लिम्बुहरुमा भाईचारा बढाउंने उदेश्यले श्यामकुमार सुब्बाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति रहेको किरात याक्थुङ चुम्लुङको हालै विधिवतरुपमा स्थापना भएको छ। कार्य समितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः पूर्ण लिम्बु थेबे, दिपेश लिम्बु चबेगु, नगेन्द्र इङनाम र जुद्धप्रसाद लिम्बु करुम्भङ रहनुभएको छ भने अन्य सदस्यहरुमा बिक्रम नेम्बाङ्ग लिम्बु, अनिल थाम्सुहाङ, खडगराज तावा लिम्बु, कर्ण लिम्बु योङहाङ, प्रेम लिम्बु मेन्याङबो, देबेन्द्र सङबाहाम्फे, राजेश लिम्बु मेन्याम्बो, शितल सुब्बा, धनुका पोमो लिम्बु र बिमला लिम्बु थेबे हुनुहुन्छ। संस्थाको वेव साइट निर्माण सम्बन्धि जिम्मा इक्सा लिम्बु खेवाले लिनु भएको छ।संस्थाको सल्लाहकारहरुमा बिनोद पोमो लिम्बु र महेन्द्र लावोतीका साथै कानुनी सल्लाहकारमा रोशन लिम्बु रहनु भएको छ। विस्तृत जानकारीको लागि संस्थाको आधिकारिक वेव साइट :